Thursday, August 20

एमाले परित्याग गरी ९० जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित

नेपालअखबार, रूपन्देही।नेकपा एमाले रुपन्देहीको रोहिणी गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५ र ६ का वडा कमिटी अध्यक्षलगायतका ९० जनाभन्दा धेरै नेता कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा समाहित हुनु भएको छ।

Advertisement

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ को मुल नेतृत्वले एमाले परित्याग गरी एकीकृत  समाजवादीमा प्रवेश गर्नु भएको हो।

Advertisement
Advertisement

रूपन्देहीको रोहिणी गाउँपालिका कमिटीका अधक्षय सुनिल कौशलको नेतृत्वमा ठूलो विद्रोह भएको छ। पार्टीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका केन्द्रीय नेताहरू नव प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नु भएको छ।

Advertisement