Friday, July 17

नेपालीहरूबीच एकता नभए राष्ट्रियता कमजोर बन्छ: अध्यक्ष नेपाल

नेपालअखबार,।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले जनजीविका र समाजवादको अभियान लिएर जनताबीच आएको बताउनु भएको छ।

Advertisement

बुधबार नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी बाँकेले आयोजना गरेको स्वागत तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। यहि असोज १४ गते कोशी प्रदेश, झापाको काँकरभिट्टाबाट सुरू गरिएको समाजवादी जागरण अभियानको ११औं दिन कोहलपुरको न्युरोडमा जनसभाको आयोजना गरिएको थियो।

Advertisement
Advertisement

आयोजित कायक्रममा अध्यक्ष नेपालले कुनै समय राणा, राजतन्त्र, पञ्चायतविरुद्ध अभियान चलाएको स्मरण गर्दै अबका दिनहरूमा निरन्तर रूपमा समाजवादी अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो।

Advertisement

उहाँले भन्नुभयो,‘हामीले जनताका पीर मर्का, अभाव, महिलाका समस्या, युवाहरूका समस्या के हुन् ? ति समस्याहरू समाधानका उपाए के हुन् ? त्यो थाहा पाउन र जनताका कुरा सुन्न यो अभियानमा जोडिएका हौं।’

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो मुलक विविधतामा एकता भएको देश हो। सबै जातजाती, भाषा धर्मका मानिसहरू मिलेर बसेको मुलुक हो। हाम्रो मान्यतामा सबै बराबर हुनुहुन्छ। सबैको धार्मिक, साँस्कृतिक सम्मान चाहान्छौं। कसैले पनि अरूको आस्थामाथि ठेस् लाग्ने काम नर्गुहोस्। चाहे धरानको होस् कि सर्लाही को? चाहे नेपालगञ्जको घटना नै किन नहोस्। हामी सबै नेपालीबीच एकता भएन भने नेपालको राष्ट्रियता बलियो हुँदैन। त्यसैले हामीले मिल्नुको विकल्प छैन।’