Monday, May 11

उपराष्ट्रपति यादवलाई डेंगु सङ्क्रमण, सिभिल अस्पताल भर्ना

नेपालअखबार, काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि  सिभिल अस्पताल भनाए गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति  यादवको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।

Advertisement

पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर डेंगु सङ्क्रमण बढ्दै गएको छ । चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्दै आएका छन् ।