Monday, September 28

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय-सुझाव मागेको छ ।

Advertisement

विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो ।

Advertisement
Advertisement

मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव गरिएको छ । दर्ताका लागि सम्बन्धित कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था गरिएको छ ।

Advertisement

विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् ।

मस्यौदामा रहेका उक्त व्यवस्थालगायतका अन्य विषय थप परिमार्जन वा सुधारका लागि सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली सङ्घ तथा अन्य सरोकारवालाले आउँदो कात्तिक मसान्तभित्र आयोगमा राय-सुझाव उपलब्ध गराउन सक्नेछन् ।