Wednesday, August 26

अध्यक्ष नेपालद्वारा सुर्खेत रंगशालामा वृक्षरोपण

नेपालअखबार, सुर्खेत ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले निर्माणधिन सुर्खेत रंगशालामा वृक्षरोपण गर्नुभएको छ।

Advertisement

सोमबार बिहान अध्यक्ष नेपालले वृक्षरोपण गर्नुभएको समाजवादीका युवा नेता वशन्त कुमार बिश्वकर्माले जानकारी दिनुभएको छ। वृक्षरोपण कार्यक्रमा कर्णाली प्रदेश, खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्यालले समन्वय गर्नु भएको थियो।

Advertisement
Advertisement

पार्टी प्रदेश कार्यालय सचिव, कर्णाली प्रदेश, प्रचार विभाग प्रमुखसमेत रहेका बिश्वकर्माका अनुसार समाजवादी जागरण यात्राको अन्तीम दिन सुर्खेतमा आयोजित जागरण सभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल सुर्खेत पुग्नुभएको थियो।

Advertisement