Thursday, July 30

समाजवादी मोर्चाको सन्देश सभा कैलालीमा आज

नेपालअखबार, काठमाडैँ । समाजवादी मोर्चाको गत भदौमा स्थगित भएको प्रदेशस्तरीय सन्देश सभा सोमबार हुदैछ । कैलालीको धनगढीमा सभा राखिएको मोर्चाका नेताहरुले बताएका छन् ।

Advertisement

भदौ १३ गते उपेन्द्र यादव बाहिर भएकाले र र भदौ २६ मा नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण सभा स्थगित भएको थियो ।

Advertisement
Advertisement

सोमबार १ बजे धनगढीस्थित सौराही पार्टी प्यालेसमा हुने सभामा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहले बताइन्।

Advertisement

उनका अनुसार सभाको प्रमुख अतिथि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् भने विशिष्ट अतिथिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहनेछन् ।

त्यस्तै वक्ताका रुपमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सहभागी हुदैछन् ।