Sunday, July 26

युवाहरुबिच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु

नेपालअखबार, सुर्खेत। युवाहरुबीच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्।

Advertisement

उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मृत्यु भएका किशोर ससुराली गएका थिए ।

Advertisement
Advertisement

दैलेख प्रहरीका अनुसार गएराति भैरबी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए ।

Advertisement

मान्छेहरुलाई सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए ।

झडपका घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लू अस्पतालमा  सामान्य उपचार गरी डिस्चार्ज भइसकेका छन् ।

प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको १५० सीसीको निलो रङ्गको पल्सर मोटरसाइल उठाई सिलङ्गी प्रहरी चौकीमा राखेको छ ।

घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको आचार्यले जानकारी दिए ।