Wednesday, June 3

संक्रमणकालीन न्यायका विषय टुंग्याउन अबेर गर्नुहुन्नँ :अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका छन् ।

मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका हुन् । उनले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताए । यद्यपि सो विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने उनले स्पष्ट पारे । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसदमा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भूमिकाको उच्च प्रशंसा गर्नुभएको भन्दै खुसी व्यक्त गरे ।अध्यक्ष नेपालले महासचिव गुटरेसले नेपालप्रति निकटता र आत्मीयता देखाएको पनि बताए ।

Advertisement