Friday, July 10

पर्यटन मन्त्रालय मातहतका निकायले प्रधानमन्त्री राहत कोषमा जम्मा गरे ४ करोड बढी रकम

नेपालअखबार, काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका निकायहरुले प्रधानमन्त्री राहत कोषमा चार करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल नागरिक उड्डयन प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, बुद्ध एयर र विभिन्न हेलिकप्टर कम्पनीहरुले चार करोड १३ लाख ९८ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

Advertisement
Advertisement

राहत रकम हस्तान्तरण कार्यक्रममा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पनि सहभागी थिए ।

Advertisement

यही कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुलाई राहत तथा पुनर्स्थापनाको कामका लागि सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सबैलाई आह्वान गरेको थियो । सोही आह्वान बमोजिम विभिन्न राजनीतिक दल, दलका संगठन, सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था, बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायी र कर्मचारीहरुले राहत रकम जम्मा गर्ने क्रम जारी छ ।

भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।