Friday, July 10

वर्तमान अर्थव्यवस्था नफेरी समृद्धि सम्भव छैन : युवा संघ उपाध्यक्ष पौडेल

नेपालअखबार, ओखलढुंगा युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले वर्तमान अर्थ व्यवस्थामा समृद्धि सम्भव नभएको बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी अन्तर्गत युवा संघ र अनेरास्ववियूओखलढुंगाको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता पौडेलले  नेपालको वर्तमान अर्थव्यवस्थाले दलाल पूँजीपतिको सेवा गरेको भन्दैले श्रमजीवी जनताको हितमा हुने अर्थव्यवस्थाअवलम्बन गरिनु पर्नेमा जोड दिनुभयो  ।

Advertisement

अहिले नीजि, सहकारी, सरकारी साझेदारीको अर्थ नीति अवलम्बन गरिएको भन्दै उहाँले अर्थ तन्त्रका तीन वटै क्षेत्र दलालहरुको कब्जामा पुगेकाले यो अर्थ नीतिले दलालहरुको मात्रै हित गर्ने बताउनु भयो  ।

Advertisement
Advertisement

‘नीजि क्षेत्रका कुरा नगरौं यसलाई सामाजिक हितमा उपयोग गर्न खोजिए पनि दलालको कब्जामा छ, सहकारीहरु सबै दलालले कब्जा गरि सके, सरकारी क्षेत्र पनि उनीहरुकै कब्जामा पुगेकाले यो व्यवस्थामा किसान मजदुरको हित हुने अवस्था छैन ।’ उहाँको भनाई थियो । जिल्ला भेलामा धारणा राख्दै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मेख खड्काले अहिलेको अर्थ व्यवस्था फेर्न युवा र विद्यार्थीहरु नै आन्दोलनमा जुट्ने बेला आएको बताउनु भयो  । उहाँले अहिले केही स्वतन्त्र भनिएका व्यक्ति र पार्टीले हल्ला गर्दैमा विकास र समृद्धिका सपना पुरा नहुने भएकाले समाजवाद स्थापना नगरी श्रमिक वर्गको हित नहुने भन्दै आरक्षण अब जातका आधारमा नभइ वर्गका आधारमा हुनु पर्ने बताउनु भयो  ।

Advertisement