Thursday, July 30

टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट

नेपालअखबार, काठमाडौँ । सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।

Advertisement

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ ।

Advertisement
Advertisement

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।  सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।

Advertisement