Friday, July 31

भुइँमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर वृद्धको मृत्यु

नेपालअखबार, बागलुङ।  बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ।

Advertisement

करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको मृत्यु भएको हो।

Advertisement
Advertisement

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिए।

Advertisement

उनको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयले विद्युत् आयोजनाको लापरवाहीका कारण भाजवीरको मृत्यु भएको आरोप लगाएका छन्।