Friday, July 31

हाजिर गर्न बञ्चित पशुपतिका कर्मचारीको पक्षमा श्रम अदालतको फैसला

नेपालअखबार, काठमाण्डौं । श्रम तथा रोजगार कार्यालय टेकुले पशुपति क्षेत्र विकास कोषले हाजिर गर्न बञ्चित गरेका २ जना कर्मचारीलाई काममा फर्काउन फैसला गरेको छ । श्रम तथा रोजगार कार्यालय टेकुले कोषले हाजिर गर्न वञ्चित गरेका एलिसा गौतम र पुरुषोत्तम खतिवडा लाई नियमित काममा फर्काउन फैसला गरेको हो  ।

Advertisement

अदालतले एक बर्स भन्दा बढी निरन्तर रोजगार सम्बन्ध कायम भइ प्रतिष्ठानमा नियमित रोजगारीमा कार्यरत रहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषले बिना कुनै सूचना र कारण बिना एक्कासि श्रमिकहरूको रोजगारी अन्त्य गर्ने कार्य प्रचलित श्रम कानुनको सिद्धान्त र व्यवस्था  विपरीत भएको भन्दै श्रमिकहरूलाई नियमित काममा लगाउन भनेको छ ।

Advertisement
Advertisement

अदालतले  श्रम ऐन , २०७४ को दफा ११ को व्यवस्था बमोजिम नियमित रोजगार सम्झौता गरि श्रम ऐन २०७४ को दफा १७२ को व्यवस्था बमोजिम हाजिर गर्न बञ्चित गरेको दिनदेखि यश निर्णय बमोजिम हाजिर गर्न दिएको दिन सम्मको मासिक पारिश्रमिक लगायत अन्य सेवा सुविधा उपलब्ध गराई नियमित काममा हाजिर गराउन २०७९ चैत ६ गते दिएको निर्णय निरुद्ध कोषले श्रम अदालतमा गरेको पुनरावेदनमा श्रम अदालतले २०८० मंसिर ०६ गते श्रम कार्यालयको निर्णय सदर गरेको छ।

Advertisement

अधिवक्ता युवराज लुइँटेल र सुरेन्द्र लाल श्रेष्ठको इजलासले त्यस्तो निर्णय गरेको एकीकृत यातायात मजदुर संगठन नेपालका केन्द्रीय अध्यक्ष रवि केसीले बताउनु भयो ।