Thursday, July 9

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते

नेपालअखबार, तनहुँ । तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

Advertisement

आज बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडकखण्डको घाँसीकुवमा  सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०/५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।

Advertisement

राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए।

दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये  ९ जनालाई  पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ। अन्यको दमौली अस्पताल र नहुँको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए।

घाइतेमध्ये सप्तरीको महादेब गाउँपालिका-६ का १५ वर्षीया प्रिति प्रिती यादब उपचारपश्चात डिस्चार्ज भइसकेकी छन्।

प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी खाणले बताए। रासस

घाइतेहरूः 

दमौली अस्पतालमा उपचाररत घाइतेहरू

१) जिल्ला धनकुटा सागुरीगढी गा.पा. वडा नं. ८ बस्ने वर्ष २८ को बिक्रम राई

२)जि. ताप्लेजुङ याङबरक गा.पा.वडा नं. ६ बस्ने वर्ष २६ को सचिन्द्र लिम्बु

३) जिल्ला धनकुटा सागुरी गा.पा. वडा नं.७ बस्ने वर्ष ४२ को राम प्र.राई

४)ऐ.ऐ. वडा नं. ९ बस्ने वर्ष २८ को बोगिन्द्र राई

५) ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष ४५ को टिकाराज राई

मणिपाल शिक्षण अस्पताल पोखरा रिफर भएका घाईतेहरूः

१)जिल्ला धनकुटा सागुरीगढी गा.पा.वडा नं. ९ बस्ने वर्ष ३८ को सन्तोष कुमार राई ।

२)जिल्ला कास्की पोखरा  म.न.पा.वडा नं.३१ बस्ने वर्ष ४१ को भोज राज सुनार

३)जिल्ला धनकुटा सागुरीगढी गा.पा. वडा नं. ८ बस्ने वर्ष ४८ को जुनार सिंह राई

४)ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष ४४ को तिर्थ बहादुर राई

५)जिल्ला धनकुटा सागुरी गा.पा.-७ बस्ने वर्ष ५० को लक्षु राई

६) सह-चालक जिल्ला कास्की पो.म.न.पा.-१५ बस्ने वर्ष ३० को अजित परियार

७)  जिल्ला सप्तरी महादेब गा.पा.वडा नं. ६ बस्ने वर्ष २५ को शम्भु यादब ।

८) बस चालक जिल्ला प्युठान सरुमहारानी गा.पा.वडा नं. ५ बस्ने वर्ष २३ को होम लाल पल्ली मगर ।

९) जिल्ला धनकुटा सागुरी गा.पा. वडा नं.७ वर्ष ४५ को हरिशचन्द्र राई ।

रत्नहरी मेमोरियल अस्पताल तनहुँमा उपचार भईरहेका घाईतेहरूः

१) जिल्ला धनकुटा साबरी गा.पा.वडा नं. ७ बस्ने वर्ष ३० को हमाल प्रसाद राई

२) ऐ.ऐ. बस्ने बर्ष २९ को संदिप राई

३) ऐ. ऐ. वडा नं. ७ बस्ने वर्ष ३५ को लखमन राई

४) जिल्ला मोरङ बिराटनगर म.न.पा.-४ बस्ने वर्ष २६ को आशिष शर्मा

५) जिल्ला धनकुटा सागुरीगढी गा.पा.वडा नं. ७ बस्ने वर्ष ४५ को सबिन राई

६) ऐ.ऐ.वडा नं. ३ बस्ने वर्ष ३६ को नरेन्द्र न्यौपाने

७) ऐ.ऐ. बस्ने वर्ष २९ को बिजय राई

८) ऐ.ऐ.वडा नं. ७ बस्ने वर्ष ४१ को मनिराज राई

९) जिल्ला सप्तरी महादेब गा.पा.वडा नं. ६ बस्ने वर्ष २३ को बिजय यादब

१०) ऐ.ऐ.बस्ने वर्ष १४ को सुमन यादब

११) ऐ.ऐ. बस्ने वर्ष ४९ को आश राई

१२) ऐ.ऐ. बस्ने वर्ष ४६ को तिर्थ राई

१३) ऐ.ऐ. बस्ने वर्ष ४८ को उदेश राई

१४) ऐ.ऐ. बस्ने वर्ष ४२ को सिताराम राई

१५) ऐ.ऐ. बस्ने वर्ष ५२ को शत्रुधन राई

१६) ऐ.ऐ. बस्ने वर्ष २१ को किरण राई

१७) जिल्ला धनकुटा चौबिसे गा.पा.वडा नं. ७ बस्ने वर्ष २४ को सांसद लिम्बु

१८) ऐ. सागुरीगढी गा.पा.-९ बस्ने वर्ष ४१ को प्रशान्त राई

१९) ऐ.ऐ. बस्ने वर्ष ४७ को जय कुमार राई