Saturday, May 23

नेपाल रिटर्नी एशोसिएसनद्वारा भूकम्प प्रभावितक्षेत्र पश्चिमरूकुममा राहत प्रदान

नेपालअखबार,काठमाडाैं ।   नेपाल रिटर्नी एशोसिएसनद्वारा भूकम्पबाट प्रभावितक्षेत्र पश्चिमरूकुम आठबिसे नगरपालिका वडा ११मा राहत प्रदान गरेकाे छ ।  नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष  प्रविन पौडेलकाे नेतृत्वमा गएकाे टाेलिले राहत सामाग्रि  नेपा एसका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  माधव कुमार नेपाल मार्फत आठबीसकोट नगरपालिका रुकुमका कार्यलय प्रमुख के.सिलाई  राहत सामाग्रि हस्तान्तरण गरेकाे थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला,नेकपा एकीकृत समाजबादी पार्टीका कर्णाली प्रदेश इन्चार्ज अमर बहादुर थापा, सह इन्चार्ज शेर बहादुर खत्री ,प्रदेश माननीय कल्याणी खड्का ,नेपाल रिटर्नी एशोसियसनका सचिव द्व्ये प्रकाश महरा ,बमबहादुर विसी साथै नेकपा एकीकृत समाजबादी पार्टीका जिल्लाका पदाधिकारीहरुको उपस्थितिमा २० घर परिवारलाई न्यानो फाइबर डबल सिरक तथा ३०० विद्यार्थीको लागि स्कूल ब्याग कापी र कलम हस्तान्तरण गरेका छन् ।

Advertisement

उक्त राहत संकलनमा विद्यार्थीको समेत सहयोग रहेको थियो। उक्त आठबिसे नगरपालिकामा ७९०० क्षती १५४ मृत्यु भएको नगर प्रमुखले केसीले जानकारी दिएका छन् भने जनप्रिय माध्यमिक ज्यामिरे टाकुरामा अध्यनरत ३ जना विद्यार्थीको मृत्यु भएको उक्त स्कूलका शिक्षकले बताएका थिए ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.