Friday, July 17

कांग्रेसका यि ४ नेताले समानुपातिक सूचीबाट फिर्ता लिए नाम

नेपालअखबार, काठमाडौं । गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताले नाम फिर्ता लिएका छन् ।

Advertisement

समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण दुलालले जानकारी दिए ।

Advertisement
Advertisement

‘गोपालमान श्रेष्ठ र बालकृष्ण पाण्डेले एकै दिन नाम फिर्ता लिनुभएको हो । अर्को पटक, आनन्द ढुङ्गाना र अब्दुल सत्तारले नाम फिर्ता लिनुभएको छ ।’

Advertisement

समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको आकांक्षी रहेका उनीहरुले त्यही कारण समानुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन् ।

फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि निर्वाचन आयोगले ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ । २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएकाले बन्द सूचीमा रहेकाहरुले त्यसअघि नै नाम फिर्ता लिनुपर्छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेसमा उम्मेदवार आकांक्षी बढेका छन् । शीर्ष तहका केही नेता देखि विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु कांग्रेसबाट राष्ट्रिय सभाको सदस्य हुन आकांक्षी देखिएका छन् ।

कलाकार निर शाह, सभापति शेरबहादुर देउवाका पूर्व परराष्ट्र सल्लाहकार अरुण सुवेदी, उद्योगी अनिल रुङ्गटा पनि कांग्रेसबाट राष्ट्रिय सभाका आकांक्षी देखिएका छन् ।कांग्रेसबाट राष्ट्रिय सभा सदस्य हुनका लागि आकांक्षी कलाकार शाहले भने, ‘आकांक्षी हुँ । पार्टीले के गर्छ, थाहा छैन । मैले बुझ्ने मौका पाएको छैन ।’

राष्ट्रिय सभामा जान इच्छुक सुवेदीले आफ्नो इच्छा र आवश्यकतालाई पार्टीले कार्यान्वयन गर्नेमा आशावादी रहेको बताए ।