Saturday, August 1

पक्राउ परे वायु सेवा निगमका अधिकृत

नेपालअखबार, काठमाडौं । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् ।

Advertisement

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले  बताए । उनले भने, ‘आज थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेर ल्याएका छौं ।’

Advertisement
Advertisement

भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको एसपी रेग्मीले बताए ।

Advertisement

यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।