Tuesday, July 28

गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाउँदैछः बाइडेन

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाएको प्रतिक्रिया दिएका छन् ।

Advertisement

मंगलबार एउटा फण्ड रेजिङ कार्यक्रममा बोल्दै उनले इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध आक्रमणको आलोचना गरेका हुन् ।

Advertisement
Advertisement

बाइडेनले अमेरिका सधैं इजरायलको साथमा रहेको स्मरण गराउँदै भने, ‘अमेरिका इजरायलको साथमा उभिएको छ, अहिले यसमा अमेरिकाबाहेक युरोपेली युनियन, युरोप, विश्वका धेरैजसो शक्ति छन् तर अन्धाधुन्ध बमबारीका कारण इजरायलले समर्थन गुमाउँदैछ।’

Advertisement

यद्यपि उनले हमास विरुद्ध कारबाही गर्ने आवश्यकताको बारेमा कुनै प्रश्न नरहेको र इजरायलसँग त्यसो गर्ने पूर्ण अधिकार रहेको भने दोहोर्‍याए ।

हालै अमेरिकाले इजरायललाई ‘मानव जीवनलाई प्राथमिकता दिन’ र गाजाका जनतालाई द्वन्द्वबाट बच्न स्पष्ट निर्देशन दिएर काम गर्न भनेको थियो ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले पनि इजरायलको रवैयाप्रति असन्तुष्टि व्यक्त गरेका बीबीसीले लेखेको छ ।

गाजामा इजरायलले गरेको बमबारीको आलोचना गर्दै विश्वका धेरै देश, संयुक्त राष्ट्र संघ र मानवअधिकार संगठनहरूले तत्काल युद्धविरामको माग गरिरहेका छन्।

गाजामा रहेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार बताएअनुसार अक्टोबर ७ देखि इजरायली बमबारीमा १८ हजार ४०० भन्दा बढी मानिस मारिएका छन्।

हमासको आक्रमणमा १२०० इजरायली मारिएका थिए ।