Wednesday, July 29

पहिरोमा ज्यान गुमाएका डोजर चालकको परिवारलाई नगरपालिकाले दियो १ लाख

नेपालअखबार, पाल्पा। पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलव्ध गराइएको छ।

Advertisement

रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनवीर खड्काको परिवारलाई नगरपालिकाले एक लाख रूपैयाँ सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए।

Advertisement
Advertisement

दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई  नगरपालिले सो रकम प्रदान गरेको हो ।

Advertisement

गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो।