
नेपालअखबार, काठमाडाैं। उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खानद्वारा विद्यालयहरुमा जडान गरिएको खानेपानी फिल्टर मेसिन जडान गरिएकाे छ । सभापती खानंकाे विशेष पहल इपिसि नेपालद्वारा मधेश प्रदेशको ४०० विद्यालयहरुमा खानेपानी फिल्टर मेसिनहरु जडान भईसकेकाे जानकारी दिए ।
सभापती खानंले रौतहट जिल्लाको गारूडा स्थित पिपरिया माध्यमिक विद्यालय र नेपाल पुलिस स्कुल लगायत विभिन्न विद्यालयहरूमा स्वच्छ खाने फिल्टर मेसिन जडान गरिएको मेसिनको अनुगमन साथै निरिक्षण गरेका छन् ।






