Wednesday, July 29

विभिन्न पार्टी परित्याग गरी ५० जना युवा एकीकृत समाजवादीमा समाहित

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले रोजगारी सिर्जना गर्न नसके मुलुक थप जटिलतातर्फ धकेलिने दाबीगर्नु भएको हो।

Advertisement

शनिबार रूपन्देहीको भैरहवामा आयोजित सिद्धार्थनगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले मुलुकलाई सहि दिशामा हिडाउनका निम्ति रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको हो।

Advertisement
Advertisement

महासचिव भुसालले भन्नुभयो, ‘अहिले जतिपनि समस्या देखा परेका छन्। यि समस्याहरूको समाधान गर्ने उपाएको भनेको रोजगारी हो। रोजगारी सिर्जना गर्न सकिएन भने मुलक थप जटिलतातर्फ जान्छ। त्यसैले रोजगारीका काम गर्नुपर्छ। खासगरी राज्यले उद्योग धन्दा, कलकारखाना खोल्नुपर्छ। श्रम शक्तिको परिचालन गर्नुपर्छ।’

Advertisement

महासचिव भुसालले राजनीतिमा गलत प्रवृत्ति भित्रिएका कारण सबैथोक विग्रेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘राजनीति भनेको अरूका निम्ति कामगर्ने पेशा हो। तर, राजनीतिमा गलत प्रवृत्ति मौलाएका कारण समाजले दुःख पाइरहेको छ। राजनीति गर्नेहरूले गलत कुराको पछि नलागेर इमान्दारपूर्वक देश र जनताको काम गर्नुपर्छ। गलत कुरासँग सम्झौता नगरी, झुटो नबोली राजनीति गर्नुपर्छ। लोभ लालचदेखि टाढा रहनुपर्छ। अनि मात्रै जनताले पत्याउछन्।’

महासचिव भुसालले अगाडि भन्नुभयो, ‘राजनीतिमा लाग्ने भनेको केका लागि हो ? तपाईं हाम्रो नीजि जीवनको मात्रै कुरा होइन। आफ्नो जिन्दगी जस्तै अरूको जिन्दगी पनि हुन्छ । आफ्नो जात जस्तै अरूको जात पनि प्रिय हुन्छ। आफ्नो वर्ग क्षेत्र मात्रै होइन, अरुको वर्ग क्षेत्रपनि हुन्छ भन्ने बुझ्नुपर्छ। अरूको भाषाको सम्मान गर्नुपर्छ। आफूलाई जति दुख्छ, अरूलाई पनि उत्तिकै दुख्छ भन्ने सोच्नुपर्छ। आफूलाई जस्तै अरूलाई पनि ठान्ने चेतना हो राजनीति। यसलाई हामीले बिगारेका छौं। हामीले नै सपार्नुपर्छ।’

त्यस्तै विभिन्न पार्टी परित्यागरी करिब ५० जना युवाहरू एकीकृत समाजवादीमा समाहित हुनु भएको छ। नव प्रवेशी युवाहरूलाई महाचिव भुसालसहितका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो।

प्रथम अधिवेशनले शार्दुल मयुर कसौदनको नेतृत्वमा ३५ सदस्सीय नगरकमिटी गठन गरेको छ। कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे,केन्द्रीय सदस्य उमा काफ्लेलगायत जिल्लाका नेताहरूले मन्तव्य राख्नु भएको थियो।