Friday, July 17

आज कुवेतका अमिर शेख नवाफको निधनमा सरकारले शोक मनाउने

नेपालअखबार, काठमाडाैं। सरकारले कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सोमबार शोक मनाउने भएको छ।

Advertisement

शेख नवाफको गत मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो।

Advertisement
Advertisement

उनको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै सोमबार शोक मनाउने गृहमन्त्रालयले जनाएको छ।

Advertisement

‘कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८/०९/०१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।