Monday, July 27

तीन बुँदे सम्झौता कार्यान्वयन गर -समाजवादी मोर्चा नेपाल

नेपालअखबार, काठमाडौं । समाजवादी मोर्चाले नेपाल कम्युनिष्ट पार्टीसँग गरिएका तीन बुँदे सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गरेर नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।

Advertisement

संयोजक नेपालले जारी गरेको विज्ञप्तिमा सम्झौता कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आह्वान गरिएको छ। जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० र खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लगायतलाई पक्राउ पुर्जी जारी गरेको थियो।

Advertisement
Advertisement

अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीले समाजवादी मोर्चा बनाएका थिए।

Advertisement

गत मंसिर १८ गते विप्लव, प्रकाण्डलगायतलाई पक्राउ पुर्जी जारी भएको थियो। राज्यविरूद्ध कसुरका मुद्दामा उनीहरूलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।