Wednesday, July 29

श्रीलंकाका विदेश मन्त्री आज नेपाल आउँदै

नेपालअखबार, काठमाडाैं। श्रीलंकाका विदेश मन्त्री बुधबार नेपाल भ्रमणमा आउँदैछन्।

Advertisement

विदेश मन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउन लागेका हुन्।

Advertisement
Advertisement

तीन दिने नेपाल भ्रमण आउन लागेका उनी शुक्रबार स्वदेश फर्कने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा विदेशमन्त्री मोहम्मद उवैसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शिष्टाचार भेट गर्नेछन्।