Wednesday, July 29

नारायणगढ-बुटवल सडक दुई लेन कालोपत्रे गर्ने प्रतिबद्धता आएको छ: मन्त्री ज्वाला

नेपालअखबार, काठमाडौँ। महेन्द्र राजमार्ग अन्तर्गतको नारायणगढ-बुटवल सडक खण्डमा दोस्रो पटक थपिएको एक वर्षभित्रसमेत काम पूरा हुने सम्भावना नरहेको सडक विभागका अधिकारीहरूले बताएका छन्।

Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बीबीसीलाई दिएको जानकारीअनुसार यस अवधिभित्र आफूहरूको जोड कम्तीमा दुई लेन बाटो तयार पार्ने रहेको छ।  मन्त्री ज्वाला भन्नुहुन्छ,‘अरू काम केही ढिलो हुने भए पनि मर्मत, सम्भार र तत्काल दुई लेनको बाटो कालोपत्रे गर्ने काममा ठेकेदारको प्रतिबद्धता आएको छ।’

Advertisement
Advertisement

एशियाली मापदण्डको राजमार्ग बनाउने गरी ११३ किलोमिटर लामो सडकलाई चार लेनमा विस्तार गर्ने भनिएको सो सडकको गत साउनमा झन्डै एक वर्षका लागि म्याद थपिँदा मध्य पुससम्ममा कम्तीमा आधा काम सक्ने भनिएको थियो। दोस्रो पटक थप गरिएको समयको पाँच महिनामा अहिले झन्डै ४० प्रतिशत मात्र काम सकिएको अधिकारीहरूको भनाइ छ।

Advertisement

सडक विभागका अधिकारीहरूले बारम्बार काम ढिलो भइरहँदा एकै पटक काम जारी राख्ने वा सम्झौता तोड्ने विकल्पहरूबारे सोच्न थालिएको बताउँछन्। विभागका महानिर्देशक सुशील बाबु ढकालले भन्नुभयो,‘म स्पष्ट रूपमा भन्न सक्छु कि यही अवस्थामा, यही सन्दर्भमा, यही गतिमा थपिएको एक वर्षभित्रे काम सकिँदैन।’

उक्त खण्ड सडक विभागको जिम्मेवारी अन्तर्गत पर्छ। अधिकारीहरू सडकको उक्त अवस्थालाई लिएर दोधार उत्पन्न भएपछि र जनताका तर्फबाट आक्रोश बढिरहँदा प्रधानमन्त्रीको सक्रियता आवश्यक परेको बताउछन्। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयबाट भर्चुअल रूपमा प्रगति विवरण लिँदै कठोर कदम चाल्ने चेतावनी दिनु भएको छ।