Friday, July 10

मन्त्री ज्वाला नेतृत्वको टोली तिंकर सडक अनुगमनमा

नेपालअखबार, दार्चुला। दार्चुला-तिंकर सडकको स्थलगत अनुगमनमा भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोली दार्चुला पुगेको छ।

Advertisement

जिल्लाको तुषरपानी-कोठाधार-तिंकर सडक खण्डमा भइरहेको कार्यप्रगतिको स्थलगत अनुगमन गर्न मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू, भौतिक पूर्वाधार सचिब केशव शर्मा, सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेललगायतको टोली दार्चुला पुगेको हो।

Advertisement
Advertisement

बिहीबार बिहान मन्त्री ज्वाला र सासंद बडूसहितको टोली काठमाडौँको त्रिभूवन विमानस्थलबाट दार्चुलाका लागि नेपाली सेनाको एन ए ०५४ नम्बरको हेलिकोप्टरमार्फत प्रस्थान गरेको थियो।

Advertisement

मन्त्री ज्वालाले भन्नुभयो,‘अहिले हामी सडक अनुगमनकै क्रममा छौं। हेलिकोप्टरबाट तिंकरसम्म जान्छौं। यहाँको कामकारबाहीबारे हामीले जानकारी लिएका छौं।’  मन्त्री ज्वालाकानुसार तिंकरको अनुगमनपछि टोलि सुर्खेत फर्किने कार्यक्रम छ।

हिजो बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी-कोठेधार-टिकर’ सडक खण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो। सो अवसरमा नेपाली सेनाले दार्चुला तिंकर सडक खण्डको प्रगति विवरण ब्रिफिङ गरेको थियो ।

tinkar-sadak-prakash-jwala-2-1703141927.jpeg

tinkar-sadak-prakash-jwala-1-1703141927.jpeg

tinkar-sadak-prakash-jwala-67-1703141926.jpeg