Monday, May 25

रौतहट-कालो पत्रे बाटोको शिलन्यास सभापति अब्दुल खानं द्वारा सम्पन्न

नेपालअखबार, रौतहट।  पूर्वमन्त्री,हाल उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खानंद्वारा        रौतहट-कालो पत्रे बाटोको शिलन्यास कार्यक्रम सम्पन्न भएकाे  छ । रौतहट जिल्लाकाे  देवाही गोनाही नगरपालिका,वार्ड -९ को धरहरी गाउंको कालोपत्रे सडक निमार्ण कार्यकाे एक कार्यक्रम बिच शिलन्यास गरिएकाे छ ।

May be an image of 9 people

Advertisement

कार्यक्रममा देवाही गोनाही नगरपालिकाको मेयर श्री प्रेम लाल साह,जनमत पार्टी नेता तथा कार्यकर्ता र आम जनसमूदायको बाकलो उपस्थिती रहेकाे थियो ।  शिलान्यास पछि ,पत्रकारहरुसंग कुरा गर्दै सभापति खानंले ‘ आज गाउं,गाउंमा कालोपत्रे सडक निर्माण हुनु संघयताको प्रमुख देन भएकाे बताएका छन् ।  May be an image of 7 people

संघयताको विषयमा अनर्गल दुसप्रचार गर्नु सुनियोजित षडयन्त्र  रहेकाे सभापति खानले बताउदै तमाम आन्दोलन र बलिदान पछि प्राप्त संघीय ब्यवस्था माथि आँखा लगाउनेलाई मधेशी जनताले कुनै हालतमा माफ गर्ने छैन भनेका छन् ।  No description available.

सभापति खानंले आजै धरहरी मा. वि. मा आफ्नै पहलमा जडान गरेको खानेपानी धाराको पनि अनुगमन  समेत गरेका थिए । वर्षौ देखि बन्द अवस्थामा रहेको गरुडा चिनि मिलको पनि अनुगमन गरेका थिए । सभापित खानले विभिन्न विषसमा सरोकारवालाहरुसंग छलफल गरेका थिए ।No description available.