Monday, November 3

पर्सामा १७ नयाँ कोरोना संक्रमित पुष्टी

इरफान अलि, पर्सा। पर्सा जिल्लामा १७ नयाँ कोरोना संक्रमित आज आइतवार बिहान पुष्टी भएकाे छ । पोखरीया का १० जना सहीत बाकी बिन्दवासनी, जिराभवानी, धोबीनी, पर्सगढी र पटेर्वा सुगौलीका क्वारेन्टाइनमा बसेका हुन । सब जना भारतबाट नेपाल आएका हुन । सब जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।
विभिन्न मितिमा नेपाल  आएका क्वारेन्टाईन बसेकाे पर्सा जिल्लका थप १७ जनामा काेराेना पुष्टि भएकाे छ । संक्रमित हुनेहरुमा ३ महिला सहित १४ पुरुष गरि १७ जना रहेका नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका बताए । भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमाेद ठाकुरले बताए । पर्साका संक्रमितहरु २० वर्षदेखि ४५ वर्ष समूहका रहेका छन् । गत जेठ २४ मा उनीहरुको स्वाब संकलन गरिएको थियो ।
पर्साका १७ जना संक्रमितमध्ये पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका दुईजना, जिराभवानी/धोबनी गाउँपालिकाका एक/एक जना, पर्सागढी नगरपालिकाको एक जना र पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनका २ जना रहेका छन् । संक्रमितहरुलाई आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ । संऋमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मे सु मदन उपाध्यायले बताए ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *