Wednesday, July 29

केन्द्रीय कारागारबाट भागेका कैदी पाल्पामा पक्राउ

नेपालअखबार,काठमाडौँ । केन्द्रीय कारागार (सुन्धारा)बाट भागेका कैदी पाल्पामा पक्राउ परेका छन्।

Advertisement

पाल्पाको पूर्व खोला गाउँपालिका वडा- ३ का ३५ वर्षीय रुद्र प्रसाद न्यौपाने पक्राउ परेका हुन्।

Advertisement
Advertisement

उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आइतबार पक्राउ गरेको हो। न्यौपानेलाई बैकिङ कसुर मुद्दाका कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए।

Advertisement

उनका अनुसार  भदौं- २४ गतेको आन्दोलन सुन्धरा कारागारबाट भागेको थिए। भागेर गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

‘हामीले न्यौपानेलाई नियन्त्रणमा लिएर जिल्ला कारागार पठाइदिएका छौं,’ उनले भने।