Friday, July 17

एमाले कास्कीका नेता कृष्णमान विश्वकर्मा एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, काठमाडौँ। नेकपा एमाले परित्याग गरी कास्कीका नेता कृष्णमान विश्वकर्मा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नु भएको छ।

Advertisement

मंगलबार पार्टी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेता विश्वकर्मालाई पार्टीमा स्वागत गर्नु भएको हो। पोखरा महानगरपालिका वडा नम्बर १४ निबासी विश्वकर्मा नेकपा एमालेको संगठित सदस्य हुनुहुन्थ्यो।

Advertisement
Advertisement

लामो समयदेखि एमालेमा क्रियाशिल नेता विश्वकर्माले एमाले व्यक्तिवादी, अहंकार र दक्षिणपन्थी भासमा भासिँदै गएका कारण आफूले एकीकृत समाजवादी रोजेको बताउनु भएको छ।

Advertisement

पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य तिलबहादुर विश्वकर्मा, कास्की जिल्ला कमिटी अध्यक्ष खड्क हमाललगायतका नेताहरूले नेता विश्वकर्मालाई पार्टीमा स्वागत गर्नु भएको हो।