Friday, July 17

इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक

नेपालअखबार, पाेखरा। इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक गरिएको छ ।

Advertisement

यो बर्ष बिभिन्न पाँच बिधाबाट प्रतिनिधित्व गर्दै नारायणी अस्पताल बिरगञ्जका नर्सिंङ्ग निरिक्षक हेमा थापा , महिला तथा बाल बालिका बिभागका निर्देशक निरा अधिकारी , शितोष्ण बागबानी बिकास केन्द्र मार्फा मुस्ताङ्गका बागवानी बिकास अधिकृत पद्मनाथ आत्रेय , जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत प्रतिक राई र मनमैजु माध्यमिक बिद्यालय तारकेश्वर काठमाण्डौका प्रधानाध्यापक रबिना मर्हजनलाई इन्टेग्रिटी आइकनको रुपमा सार्बजनिक गरिएको हो । यस वर्ष इन्टेग्रिटी आईकनका लागि देशभरीबाट ४ सय ६६ मनोनयन प्राप्त भएका थिए ।

Advertisement
Advertisement

प्राप्त मनोनयनहरूबाट निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आईकन छनौट गरेको हो । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेका थिए ।

Advertisement

सदाचार प्रर्बदनमा योगदान पुराउने राष्ट्रसेवक कर्मचारीको मनोवल उच्च बनाउदै जवाफदेहिता अभिबृद्धि गर्नका लागि बिगत १० बर्षदेखि अकाउन्टेबिलिटि ल्याव नेपालले हरेक बर्ष इन्टेग्रिटी आईकन सार्बजनिक गर्दै आएको छ ।

इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका सदाचार प्रर्बधन गर्ने कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको अकाउन्टेबिलिटी ल्याव नेपालका प्रमुख नारायण अधिकारीले जानकारी दिए। यो कार्यक्रम नेपालबाट सुरु भएको हो ।

अहिले बिश्वका १६ देशमा फैलिएको छ । इन्टेग्रिटी आइकन २०२३ को रुपमा सोमबार सार्बजनिक आइकनहरुलाई पुसको २७ गते बिशेष कार्यक्रम गरि सम्मान गरिने अकाउन्टेबिलिटी ल्याव नेपालका कार्यक्रम अधिकृत अस्मिता शर्माले जानकारी दिइन ।