Friday, May 15

प्रधानमन्त्री “प्रचण्ड” र सभामुख घिमिरेलाई ज्ञापन पत्र सभापति खानले बुझाए

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री “प्रचण्ड” र सभामुख घिमिरेलाई ज्ञापन पत्र सभापति खानले बुझाएका छन् । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानले  जनमत पार्टीले  राष्ट्रिय पोशाक दिवस मनाउन गएकाे त्रममा संघीय  सहित प्रतिनिधी सभा सदस्यहरुलाई अकारण प्रहरीले धरपकड गरी पक्राउ गरेको विषयमा दुख व्यत्त गर्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
सभापति खानले  स्वायम् तपाइलाई  नै यस्ताे विभेद प्रहरी प्रशासनकाे तर्फबाट भएकाे भए के हुन्थ्याे भनि प्रश्न गरेका थिए । मधेसी भएका कारण नै विभेद गर्न नहुने सभापति खानले भने छन् ।