Saturday, August 1

गठबन्धनका उम्मेदवार जिताउन एकीकृत समाजवादीको निर्देशन

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

Advertisement

बुधबार बसेको पार्टी सचिवालयको ७३ औं बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ दलका उम्मेदारलाई विजय गराउन पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।यस्तै पार्टीको विधान संशोधनबारे सुझाव संकलनका लागि मस्यौदालाई प्रदेश, जिल्ला कमिटीमा पठाइएको र सुझाव आएपछि विधान मस्यौदालाई अन्तिम रूप दिइने निर्णय गरिएको खतिवडाले बताए ।

Advertisement
Advertisement

Advertisement