Thursday, July 30

चारवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं।  प्रतिनिधि सभाअन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ।

Advertisement

कानुन न्याय तथा मानव अधिकार समितिको बैठक अहिले बिहान ८ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

समितिमा बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुने समितिका सचिव अधिराज राईले जानकार दिएका छन्।

Advertisement

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ। बिहान साढे ११ बजे शिक्षा समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल हुनेछ।

आजको बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परिक्षा बोर्डसँग छलफल हुने समितिले जानकारी दिएको छ।

आजै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २२ औं बैठक बस्दैछ।

सिंहदरबारमै दिउँसो १ बजे बस्ने बैठकमा रास्वपाका सांसद डोलप्रसाद अर्यालको श्रमिकको हितविपरीत हुनेगरी श्रम मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा नीतिगत छलफल गराउने प्रस्तावमाथि छलफल हुनेछ।

छलफलका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई बोलाइएको समितिले बताएको छ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ।

सिंहदरबारमा दिउँसो २ बजे बस्ने बैठकमा  संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने समितिले बताएको छ।