Monday, June 1

कोठामा बालिएकाे आगोले जली महिलाको मृत्यु

नेपालअखबार, बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको मृत्यु भएको छ ।

गए राति आगलागीमा परेकी  ७५ कि सोहनी थारुको आज बिहान   कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement