Thursday, August 27

अध्यक्ष नेपालद्वारा माघी पर्वको शुभकामना

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माघी पर्व (माघे संक्रान्ति) २०८० को सुखद उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्नु भएको छ।

Advertisement

सोमबार बिहान जारी शुभकामना सन्देशमा भनिएको छ,‘विभिन्न नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ-आफ्नो समुदायको सँस्कृति अनुसार तरुल, सेलरोटी, घिउ, सख्खर, तिलको लड्डु, खिचडी, ढिक्री जस्ता परिकार खाँदै मनाईने प्रचलन रहिआएको पर्व माघे संक्रान्ति अर्थात माघी(२०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

Advertisement
Advertisement

अध्यक्ष नेपालले अगाडि भन्नुभएको छ, ‘थारु समुदायमा माघीलाई विशेष पर्व र नयाँ वर्षको रूपमा मनाइनुका साथै यस दिनलाई घरसल्लाह गर्ने, लेनदेनको नवीकरण गर्ने र आफ्नो समुदायको अगुवा चुन्ने दिनको रूपमा समेत लिइन्छ। त्यसैगरी मगर समुदायमा समेत माघे संक्रान्ति पर्वको आफ्नै साँस्कृतिक मान्यतासहित विशेष महत्व रहेको छ।’

Advertisement

मकर संक्रान्ति अर्थात माघी पर्वले यस वर्ष पनि नयाँ उमङ्गसहित आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अक्षुण राख्न सबैलाई अभिप्रेरित गर्न सकोस् भन्दै अध्यक्ष नेपालले साँस्कृतिक पर्वहरूले समाजलाई एकतावद्ध बनाउन सहयोग पुर्याउने बताउनु भयो।

जारी सन्देशमा अगाडि भनिएको छ, ‘नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ-आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन्। यी चाडपर्वहरूले एक आपसमा एकता र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। हाम्रो भौगोलिक, धार्मिक, साँस्कृतिक, जातीय एवम् भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा यस्ता चाडबाडहरुको महत्वपूर्ण योगदान रहेको छ। नेपालीहरुले आ-आफ्नो मौलिकताका साथ मनाउने मकर संक्रान्ति अर्थात माघी पर्वले यस वर्ष पनि नयाँ उमङ्गसहित आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अक्षुण राख्न हामी सबैलाई अभिप्रेरित गर्न सकोस् भन्दै पुनश्चः माघी अर्थात माघे संक्रान्तिको हार्दिक शुभकामना।’