Monday, July 6

नेकपा एमालेका नेता अरूण प्रकाश श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, काठमाडौँ। नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य अरूण प्रकाश श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ।

Advertisement

बिहिबार एमाले परित्याग गरी श्रेष्ठले एकीकृत समाजवादी रोज्नु भएको हो। उहाँलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गर्नु भएको हो। श्रेष्ठले एमालेमा व्यक्तिवाद, प्रभुत्ववादले राज गरेको भन्दै आफूले पार्टी परित्याग गरेको बताउनु भयो। May be an image of 10 people

Advertisement
Advertisement

एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा श्रेष्ठलाई पार्टी अध्यक्ष नेपालसहित पार्टी सचिव जीवनराम श्रेष्ठ, पूर्वमन्त्री तथा पार्टीका नेता किसान श्रेष्ठ, मधेश प्रदेशका कृषिमन्त्री गोविन्द न्यौपाने, काठमाडौँ महानगर इन्चार्ज सागर नेपाल, अध्यक्ष रामेश्वर श्रेष्ठ, अनेमसंघ (समाजवादी) काठमाडौँकी अध्यक्ष सरिता खनाल, सचिव सशिकला पराजुलीगायतले स्वागत गर्नु भएको हो।May be an image of 5 people

Advertisement