Tuesday, November 4

रूस-युक्रेन युद्धपीडित परिवारले ध्यानाकर्षण पत्र बुझाए अध्यक्ष नेपाललाई

नेपालअखबार, काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपाललाई रुस-युक्रेन युद्धमा फसेका नेपालीहरूको उद्धारका निम्ति सहयोग गर्न पीडित परिवारले
ध्यानाकर्ष पत्र बुझाएका छन्।

Advertisement

बिहिबार पार्टीको केन्द्रीय कार्यालय पुगेर पीडित परिवारका सदस्यहरूले उक्त ज्ञापनपत्र बुझाउनु भएको हो। ‘पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानको तर्फबाट अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो।

Advertisement

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरूको उद्धारका निम्ति गम्भीर बन्न सरकारसँग कुराकानी गर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘रुस र युक्रेनबीचको युद्धमा फसेका नेपालीहरुको तत्काल उद्धारका निम्ति म सरकारसँग कुरागर्छु। अर्को कुरा नेपालीहरू त्यहाँ कसरी पुगे? रहर हो कि बाध्यता ? परिवारलाई पनि थाहा होला। पहिलो कुरा भनेको युद्धमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउने, घाइतेको उपचार गर्ने, मृतकको खोजी गर्ने नै हो।’

कृतु भण्डारी, सुमी राई र सीतामाया बलको हस्ताक्षेर रहेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘ रुस र युक्रेन युद्ध लम्बिदै र जटील बन्दै जांदा खाद्यान्नको अभाव, इन्धनको मूल्यमा वृद्धिका कारण हरेक क्षेत्रमा महङ्गी, लगायतका समस्याहरु विश्वव्यापी रूपमा देखा पर्न थालेको छ। युद्धकाकारण सिर्जना भएका प्रत्यक्ष, अप्रत्यक्ष समस्याहरु र जटिलता प्रति हामी नेपाली समेत जानकार नै छौं। युद्धको कारण सिर्जना भएका समस्याहरु झेल्न जसरी आम विश्व समुदाय विवश छ हाम्रो भूमिका सो भन्दा फरक नभएको कुरामा आम नेपाली विश्वस्त छ तर युद्धका लागि रुसी सेनामा नेपाली नागरिकको भर्ती भने, नेपाल सरकार, नेपालमा रहेको राजनितिक दलहरु, सम्बन्धित निकाय र सम्पूर्ण नेपालीको चिन्ता र सरोकारको विषय बन्न सक्नु पर्दछ।’

ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ,‘अन्य देशबाट आएर रुसमा बसेका वा विदेशी नागरिकलाई पनि सेनामा भर्ती लिने घोषणा गरेसँगै रुसमै अन्य पेशामा रहेकाहरु र गलत विवरण पेश गरेर दलाल मार्फत पुगेका नेपालीहरु रुसी सेनामा भर्ती हुने गरेका छन्। १, २ हप्ताको सामान्य तालिम पछि सबैभन्दा असुरक्षित क्षेत्र र अग्रपङ्तीमा रहिर युद्ध लड्न बाध्य पारिएको, रुसी सेनामा भर्ति हुन पुगेका नेपालीहरुलाई सुरक्षा कवजको रुपमा प्रयोग गर्न, सेना छोड्न चाहने नेपालीलाई पक्रिएर पुनः युद्धभूमिमा फर्काउने, घाइतेको राम्रो उपचार नहुने, आदेश मान्न अटेर गरेमा कुटपिटलगायतका दुर्व्यवहार गर्ने जस्ता अवस्थाको सामना नेपाली नागरिकले गर्नु परेको दुःखद खबरहरु सार्वजनिक भइरहेका छन्। युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकहरुले अनाहकमा ज्यान गुमाउनु पर्ने, बांचेकाहरु चाहेर पनि स्वदेश फर्कन नपाउने, जबरजस्ती युद्धमा होमिन पर्ने र युद्धबन्दीको रुपमा नारकीय जीवन व्यतित गर्न बाध्यता फौजमा भर्ती भएकाहरुको छ भने युद्धमा ज्यान गुमाएका आफन्तको शव पाउन नसकेर, महिनौ देखि सम्पर्क नभएकाहरुको वास्तविकता थाहा पाउन नसकेर, सम्पर्कमा भएकाहरु सकुशल घर फर्किने वातावरण निर्माण हुन नसकेर परिवारहरुका सदस्यहरु असह्य पिडाका कारण मर्नु न बाँच्नुको अवस्थामा छन्।असलग्न परराष्ट्र नीतिको पक्षपाति नेपालका नागरिकहरु, सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भना भई मर्नु पर्ने नियति आउनु राष्ट्रको लागि लज्जाको विषय हो भने परिवारको लागि असैह्य पीडाको विषय हो। जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरुको उचित उपचार सेनामा रहेका आफ्ना नागरिकको जीवन रक्षाका लागि सकुशल घर फिर्ताको लागि वातावरण बनाइ दिन सम्बन्धित परिवारजनका तर्फबाट प्रमुख राजनितीक दलहरुमा अनुरोधका साथै उचित पहलकदमीको लागि ध्यानाकर्षण गराउन चाहन्छौं।’

67ad977a-4d2f-4173-a175-9bcbe6c59bae-1707475625.jpg

d0cc79f2-ca7e-4ec6-85ec-15e94846e39e-1707475627.jpg

67ad977a-4d2f-4173-a175-9bcbe6c59bae-1707475625.jpg

7d7b1d8e-ee75-4d00-8701-d3a5124bf642-1707475627.jpg

 

 

 

fdee95a7-e456-4b16-a4f7-ecfa300c11cc-1707475625.jpg

67ad977a-4d2f-4173-a175-9bcbe6c59bae-1707475625.jpg