Monday, July 27

पपुवा न्युगिनीमा ६४ जनाको गोली हानी हत्या

नेपालअखबार, एन्गा । पपुवा न्यू गिनीको दुर्गम पहाडी क्षेत्रमा कम्तीमा ६४ जनाको हत्या भएको छ । त्यहाँको प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार सप्ताहन्तमा एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको थियो । पहाडी क्षेत्रको इतिहास हिंसायुुक्त छ । यो सामूहिक गोलीकान्डलाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठुलो हिंसा मानिएको छ ।

Advertisement

यहाँ अवैध हतियारको संख्या बढेको छ । यो यस क्षेत्रमा हिंसा बढ्नुको प्रमुख कारण पनि यही हो । प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहर नजिकै रहेको घटनास्थलमा शव संकलन गर्न थालेको छ । अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पाेरेशन (एबीसी)का अनुसार रोयल पपुवा न्यू गिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले इन्गामा कहिल्यै हिंसा देखेको छैन, सम्भवतः सम्पूर्ण हाईल्याण्ड्समा सबैभन्दा खराब हो ।’

Advertisement
Advertisement

‘हामी यसबाट चिन्तित छौं र के भयो भनेर बुझ्न प्रयास गरिरहेका छौं ।’ उनले भने । एन्गामा प्रायः जमिन र सम्पत्तिको बाँडफाँडलाई लिएर द्वन्द्व भइरहन्छ । गएको वर्ष जुलाईमा इन्गामा द्वन्द्व भड्किएपछि तीन महिना लकडाउन गरिएको थियो । यति बेला प्रहरीले कफ्र्यू र यात्रा प्रतिबन्ध लगाएको थियो ।

Advertisement