Monday, May 25

नेपाल रिटर्नी एशोसिएनकाे ललितपुर जिल्ला संयोजक स्व्येम्भु राज डंगोल

नेपालअखबार, काठमाडाैं। नेपाल रिटर्नी एशोसिएनका केन्द्रीय अध्यक्षको विशेष उपस्थितिमा ललितपुर जिल्ला संयोजक स्व्येम्भु राज डंगोल सह संयोजक अच्युत खनाल र कृष्ण गोपाल डंगोललाई  दिएकाे छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यमा नेकपा एकीकृत समाजबादीका उपाध्यक्ष प्रमेश हमाल,विशेष अतिथि पूर्व मन्त्री तथा उपमहासचिव डा गंगालाल तुलाधर,बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल , जिल्ला अध्यक्ष हरी थापा ,  रिटर्नी एशसिएसनको महा-सचिव दिपेश सिंजाली मगरको समेत उपस्थिति रहेको थियो।

नेपाल रिटर्नी एशोसिएनका केन्द्रीय अध्यक्ष प्रविन पाैड्यलले विदेशमा पढेर ,विभिन्न तहमा रहेर वा काम गरेर फर्किएका युवाहरु समेट्न सकिने बताएका छन् । रिटर्निको ज्ञान शिप र पूँजीलाई उत्पादनमा जोडेर युवा पलायन रोक्न सकिने  अध्यक्ष  पाैड्यलले बताएका छन् । यदि युवा पलायन रोक्न बेलैमा सोचिएन भने देशमा अन्य भौतिक विकासको कुनै औचित्य नरहने यो सबै खण्डहरमा परिणत हुन सक्ने चिन्ता व्यक्त गर्नु भएको छ । अहीले सरकार लगायत गैर सरकारी निकायले रिटर्निलाई पुनःस्थापना कार्यक्रम राखेता पनि पर्याप्त नरहेको र यसलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएकाछन् भने युवाहरुको माग स्थापित गर्न पनि रिटर्नीहरु एकजुट भई भएको कार्यक्रमको लाभ लिँदै थप उपयुक्त कार्यक्रम व्यपस्थित गरी देश विकाश गर्न एकजुट हुनु पर्ने  अध्यक्ष  पाैड्यलले बताएकाछन्  ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा पार्टी उपमहासचिव डा गंगालाल तुलाधरले युवा शक्ति रोक्न जरुरी छ अहिलेको युवापलाएनको अवस्था डरलाग्दो छ यसकोलागि पार्टीले र सरकारले प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।

Advertisement