Saturday, July 18

पाेखरामा सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दु:ख दिने अभद्र व्यवहार गर्ने ९ जना व्यक्ति पक्राउ

नेपालअखबार, पाेखरा। पाेखरामा सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दु:ख दिने अभद्र व्यवहार गर्ने ९ जना  व्यक्तिहरु पक्राउ छन् ।  पोखरा महानगरपालीका वडा नं.९ पृथ्वीचोक, मुस्ताङ चोक स्थितमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओरल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु
तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी समेत दिई अभद्र व्यवहार गर्ने गरेकाे जनगुनासाे  आएपछि   जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जना व्यक्तिहरुलाई पक्राउ गरेकाे जानकारी दिएकाे छ ।

Advertisement

पक्राउ पर्नेहरूमा पोखरा म.न.पा. वडा नं.९ बसपार्क बस्ने वर्ष ४० को रुपेन्द्र श्रेष्ठ, वर्ष ३२ को मोहन आचार्य, वर्ष ४० को नारायण अधिकारी , वर्ष ४४ को श्याम प्रसाद शर्मा, वर्ष २५ को विकास कुंवर, वर्ष २१ को बिमल ठकुरी, बस्ने वर्ष २१ को विकास श्रेष्ठ, वडा नं. १३ पाटनबेसी बस्ने वर्ष २८ को रन्जन खड्का र वडा नं. १७ ड्यामसाईड बस्ने वर्ष १९ को सविन नेपाली रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

Advertisement
Advertisement

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा  पाँच (५) दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।

Advertisement