Wednesday, October 29

भारतमा सङ्क्रमितको सङ्ख्या तीन लाख ९६ हजार नाघ्यो, देहरादूनमा ४८ घण्टे लकडाउनको घोषणा

नेपाल अखबार, एजेन्सि।  भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
भारतभर सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किने सङ्क्रमितको सङ्ख्या दुई लाख १४ हजार २०९ रहेको छ । अझै उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख ६९ हजार तीन रहेको छ ।
यसैबीच कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै भारतको उत्तराखण्ड राज्यले देहरादून शहरमा ४८ घण्टा (दुई दिन) लामो बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरेको छ ।
देहरादून शहरका प्रहरी उपरिक्षक स्वेता चोबेले बन्दाबन्दीको निर्णय पुष्टि गर्दै भने, “दहरादूनमा बन्दाबन्दी शुक्रबार साँझदेखि शुरू भई सोमबार बिहान ७ बजेसम्म कायम रहनेछ । उउनले भने, देहरादूनमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सङ्क्रमण रोकथाम र नियन्त्रणका साथै विरामीको व्यवस्थापनका लागि राज्य सरकारले ४८ घण्टा शहर बन्द गर्ने निर्णय लिएको हो
बन्दका समय अतिआवश्यक सामग्रीको आपूर्ति गर्ने सेवा, खाद्यान्न तथा तरकारी पसल, औषधि पसललगायतलाई भने यो निर्णय लागु हुने छैन ।
भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका अनुसार उत्तराखण्ठमा शनिबारसम्ममा कूल दुई हजार १७७ जना सङ्क्रमित भएका छन् । यसमध्ये एक हजार ४३३ जना निको भई घर फर्किएका छन् ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *