Wednesday, July 29

पाेखरामा प्रहरी हुँ भन्दै डर धम्की दिँदै हिड्ने २ जना पक्राउ

नेपालअखबार, पाेखरा। पाेखरामा प्रहरी हुँ भनी धम्की दिँदै हिड्ने २ जना व्यक्ति पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।

Advertisement

पाेखरा महानगरपालीका वडा नं.६ लेकसाईडमा २ जना व्यक्तिहरुले मादक पदार्थ सेवन गरी हो-हल्लागर्दै “हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ” भनी रेडियो सेट (वाकिटाकी) समेत देखाई डर त्रास देखाई धम्की दिँदै हिडेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी जानकारी दिएकाे छ ।

Advertisement
Advertisement

पक्राउ पर्ने पोखरा म.न.पा.वडा नं.०६ शान्तिनगर चोक बस्ने बर्ष ३२ को नारायण गिरी र जिल्ला सप्तरी डाक्लेश्वरी न.पा.वडा नं.७ घर भई हाल जिल्ला कास्की पो.म.न.पा. वडा नं.११ फुलवारी बस्ने बर्ष २१ को बिबेक ठाकुर   रहेका छन् । उनीहरूकाे साथबाट  रेडियो सेट (वाकिटाकी) थान १  फेला परेकाे छ ।  स्थानीय मानिहरुलाई डर त्रास फैलाउदै गरेको अबस्थामा  फेलापारे पछि डिउटीमा खटिएका प्रहरी कार्मचारीले उनीहरूलाई  सोधपुछ गरी सम्झाई बुझाई गर्दा  उल्टै डिउटीमा खटिएका प्रहरी कार्मचारीलाई समेत
अपशब्द बोली गाली गलौज गरी अभद्र ब्यबहार गरेपछि  उनीहरुलाई पक्राउ वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेकाे छ ।

Advertisement

अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कर्यालय कास्कीबाट दिन १० को म्यादथप गरीअनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।