Thursday, July 30

परराष्ट्र मन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण रद्द

नेपालअखबार, काठमाडाैं । परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदको फिनल्याण्ड भ्रमण रद्द भएको छ।

Advertisement

फिनल्याण्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आइतबार राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ प्रस्थान गर्ने तयारीमा थिए। तर साँझ परराष्ट्र मन्त्रीले उक्त भ्रमण रद्द भएको जानकारी दिएको छ।

Advertisement
Advertisement

फिनल्याण्डमा संयुक्त राष्ट्रसंघीय अल्पविकसित राष्ट्रहरूको दोस्रो ‘फ्युचर फोरम’मा सहभागी हुने उनको तयारी थियो।

Advertisement

भ्रमण किन रद्द भयो भन्नेबारे परराष्ट्र मन्त्रालयले खुलाएको भने छैन।

आजै साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्डस्थित आफ्नो निवासमा कांग्रेसका मन्त्रीहरूलाई पनि बोलाएर छलफल गरेका थिए।  उनीहरू त्यहाँबाट छलफल गरी फर्किएका छन्। स्रोतका अनुसार संक्रमणकालिन न्यायबारे छलफल भएको थियो।