Thursday, July 30

गृहका १८ उपसचिवको सरूवा (सूचीसहित)

नेपालअखबार, काठमाडाैं। गृह मन्त्रालयले १८ जना उपसचिवहरूको सरूवा गरेको छ।

Advertisement

आइतबार मन्त्रालयले केही उपसचिवको सरूवा र केहीको पदस्थापन गरेको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

Advertisement
Advertisement

गृहमै रहेका उपसचिव टेककुमार रेग्मीको जिल्ला प्रशासन कार्यालय मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन भएको छ।

Advertisement

त्‍यहाँ सहायक प्रमुख जिल्ला अधिकारी रहेका रवीन्‍द्रप्रसाद आचार्यको सल्यान प्रशासनमा सरूवा भएको छ। यद्यपि उनलाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्‍यवस्थापन प्राधिकरणमा सरूवा गरिएको छ।

त्यस्तै गृहमा रहेका उत्तमकुमार घिमिरे जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका हुन्।उनको ठाउँमा मोहनप्रसाद न्यौपानेको सरूवा भएको छ।

छविरमण बाराका सहायक प्रमुख जिल्ला अधिकारी भएका छन्।  त्यस्तै कारागार कार्यालय नख्खुकी जेलर कल्पना घिमिरे नेपाल ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी भएकी छन्। ललितपुरमा रहेका अमरदिप सुनुवारको गृहमा सरूवा भएको छ।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत रहेका मित्रलाल शर्मा नख्खु जेलका जेलर भएका छन्।

उनीसँगै लिला बल्लभ न्यौपाने, मोहनबहादुर थापा, चिरञ्जिवी रानासहित १८ जनाको सरूवा भएको हो।

हेर्नुस् सूची:
WhatsApp-Image-2024-03-03-at-7.14.35-PM-1709473705.jpeg
WhatsApp-Image-2024-03-03-at-7.14.35-PM-(1)-1709473716.jpeg