Tuesday, July 28

नयाँ गठबन्धनका मन्त्रीहरूको शपथ

नेपालअखबार, काठमाडाैं।नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन्।

Advertisement

नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका हुन्।

Advertisement
Advertisement

नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।

Advertisement

नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो।

यसैबीच नेपाली कांग्रेसलगायत पुरानो गठबन्धन दलबाट मन्त्री भएकाहरू बिदा भएका छन्।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपासहित नयाँ समीकरण बनाएका थिए। नयाँ गठबन्धन दलभित्र कसले कुन मन्त्रालय लिने भन्ने समझदारी बनिसकेको छैन। त्यसैले आज सानो आकारमा मन्त्रिपरिषद गठन गरिएको हो।