Monday, June 1

एकीकृत समाजवादीले भन्यो, ‘प्रचण्डले अप्रत्यासित कदम चाले’

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अप्रत्यासित कदम चालेको बताएको छ । कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भनेको हो ।

बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेको नयाँ कदम आफ्ना लागि अप्रत्यासित भएको बैठकले ठहर गरेको बताए ।  ‘प्रधानमन्त्रीले चालेको कदम अप्रत्यासित हो’, खतिवडाले भने, ‘प्रधानमन्त्रीले लिएका उदेश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछिमात्र नेकपा एकीकृत समाजवादीले आफ्नो दृष्टिकोण तय गर्छ ।’

Advertisement

एकीकृत समाजवादीले अप्रत्यासित घटना घटेकाले धेरै विषयहरु सार्वजनिक हुन बाँकी रहेको भन्दै नयाँ मन्त्री आएपछि पुराना मन्त्री स्वत विदा हुने बताएको छ । साथै सो पार्टीले आफ्ना मन्त्रीहरुलाई नयाँ मन्त्री आउनुअघि नै मन्त्रालयमा गएर विदा हुन निर्देशन दिएको छ ।