Saturday, April 18

तनहुँमा खोलाले बगाएर बेपत्ता युवक पाँच दिनपछि मृत भेटिए

नेपाल अखबार,तनहुँ । गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक मृतावस्थामा फेला परेका छन्।
खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो।
शनिबार बिहान शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको उनले बताए। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *