Saturday, April 18

काठमाडौँ उपत्यकामा आज पनि देखियो कोरोना, ८ महिला संक्रमित

नेपाल अखबार, काठमाडाैं । देशभर कोरोना संक्रमण महामारी बढीरहेको बेला काठमाडौँ उपत्यकामा पनि संक्रमितकाे संख्या बढ्न थालेकाे छ।
पछिल्लो समय देशभरका अन्य क्षेत्रको तुलनामा काठमाडौँमा कम संक्रमित देखिए पनि पछिल्लो समय यो संख्या बढ्दै गएको हो।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना पुष्टि भएको बताए।
शनिबार देशभर गरेर ३३१ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ।
संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *