Saturday, July 18

महिलाहरूका निम्ति आजको दिन संघर्षको गोरवगाथा रहेकाे दाबी : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महिलाहरूका निम्ति आजको दिन संघर्षको गोरवगाथाको दिन भएको बताउनु भएको छ।

Advertisement

शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना दिदै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । साथै उहाँले सेना दिवस र शिवरात्रीको समेत शुभकामना व्यक्त गर्नु भएको छ।

Advertisement
Advertisement

उहाँले भन्नुभएको छ, ‘आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। समानता, सुरक्षा र अधिकारका लागि बलिदानीपूर्ण सङ्घर्षको गौरवगाथा सहितको विशेष दिन। सम्पूर्ण आमा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। त्यसैगरी आज महाशिवरात्री र नेपाली सेना दिवस। महाशिवरात्री र नेपाली सेना दिवसको समेत सबैलाई हार्दिक शुभकामना।’

Advertisement